पशुपतिमा महाशिवरात्रिको तयारी धुमधाम

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी धुमधाम चलिरहेको छ । महाशिवरात्रिको लागि भनेर साधुसन्त पनि आइसकेका छन् भने भक्तजनहरूको लागि आवश्यक सेवा सुविधाको व्यवस्थापन पनि हुँदैछ ।पशुपति क्षेत्र विकास कोषले भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ ।

सहजताका लागि १० उपसमिति गठन गरिएको प्रचारप्रसार तथा साजसजावट व्यवस्था उपसमितिका संयोजक राजकुमार खत्रीले जानकारी दिए ।महाशिवरात्रिमा छिमेकी मुलुक भारतलगायत तेस्रो मुलुकबाट हजारौँको सङ्ख्यामा तीर्थालु तथा पर्यटक भित्रिने अपेक्षा गरिएको छ । पशुपतिनाथका विभिन्न क्षेत्रलाई अहिले रंगीचंगी पारिनुका साथै फूल तथा बिजुली बत्तीले सजाइएको छ ।खत्रीले भने, ‘यसपटक हामीले दुई सेकेन्डमा १० जनालाई दर्शन गर्नसक्ने गरी प्रबन्ध मिलाएका छौँ । यहाँ दर्शन गर्न आउने भक्तजनलाई यथाशीघ्र, सहजरूपमा दर्शन गराउने हाम्रो प्रयास रहेको छ । अघिल्लो वर्षभन्दा यसपटक दर्शन गर्न आउने भक्तजन बढ्ने अनुमान गरेका छौँ ।’पशुपति प्रवेश गर्ने बाहिर चार वटा लाइन र भित्र पुगेपछि पश्चिम ढोका र उत्तर ढोका तीन÷तीन र पूर्व र दक्षिण ढोकामा दुई/दुई वटा लाइन रहने बताए ।

‘फागुन १४ गते बिहान २ बजेर ३० मिनेटदेखि १५ गते बिहीबार ६ बजेसम्म दर्शनका लागि ढोका खुला गर्नेछौँ । यस समयावधिमा पाँच लाख बढीले प्रत्यक्ष दर्शन गर्नुहुने हाम्रो अनुमान छ । यसबाहेक मन्दिर परिसरमा मात्र आउनेको सङ्ख्या जोड्दा त्यो बढ्ने छ’ खत्रीले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *