हामीले साथ छोड्यौं, कांग्रेस-एमाले साना हुँदै गए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालेलाई माओवादीले नै ठूला दल बनाएको दाबी गरेका छन् ।विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले कांग्रेस–एमाले आफैं ठूला नभएको बताउँदै माओवादीले नै ठूला दल बनाइदिएको दाबी गरे ।‘कांग्रेस र एमालेलाई पछिल्लो समय ठूलो पार्टी बनाउन सहयोग गरेको माओवादीले हो ।

देशको आवश्यकता अनुसार समझदारीबाट जाऔं भन्ने जिम्मेवारी बोधका कारणले हामीले उनीहरुलाई ठूलो बनाएको हो । उनीहरु आफैं ठूलो भएका होइनन्’, उनले अघि भने, ‘जब हामीले छौड्यौं उनीहरु ठूलो हुन पनि छोडे ।’उनले पछिल्लो समय भएको उपचुनावको उदाहरण दिंदै माओवादीले साथ छोडेपछि कांग्रेस–एमाले खस्किंदै गएको दाबी गरेका हुन् ।गत उपचुनावमा कोशीका ८ पदका लागि भएको चुनावमा एक्लै लड्दा पनि माओवादी पहिलो दल भएको बताउँदै उनले माओवादीले साथ छोड्दा कांग्रेस एमाले सानो हुँदै गएको बताए । उनले पत्रकारलाई प्रश्न गर्दै भने, ‘उपचुनाव त यहाँ धेरै ठाउँमा भएको थियो ।

ग्रामथानमात्रै त होइन । ८ ठाउँमा चुनाव भयो हामी एक नम्बर पार्टी भयौं । कसरी भयौं ? अघिल्लो रेकर्ड हेरेर हुन्छ ?’पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सुशासनको अभियान चलाउँदा भ्रष्टाचारीहरुले आफ्नो सरकार ढलाएको बताए । त्यही भ्रष्टाचारविरुद्धको अभियानलाई अहिले जनतामाझ लिएर गएको उनको भनाइ छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *