सकियो महाकुम्भ मेला, ६६ करोड बढीले गरे स्नान
भारतको उत्तरप्रदेशस्थित प्रयागराजमा लागेको महाकुम्भ मेलामा ६६ करोडभन्दा बढी व्यक्तिले गंगा नदीमा स्नान गरेका अधिकारीहरुले बताएका छन् ।महाशिवरात्रिको दिनदेखि महाकुम्भ औपचारिक रुपमा समापन भएको घोषणा गरिएको छ । यद्यपि मेलास्थल खाली हुन भने एक हप्ताभन्दा बढी लाग्ने अनुमान छ ।महाकुम्भ मेला गत पुस २९ (१३ जनवरी)देखि सुरु भएको थियो ।४५ दिनको अवधिमा ६६ करोड २१ लाखभन्दा बढीले गंगामा स्नान गरेको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले एक्समार्फत् जानकारी दिएका छन् । विश्व इतिहासमा यो अदभूत भएको उनले उल्लेख गरेका छन् ।महाशिवरात्रिको अन्तिम दिन शिवरात्रिको दिन मात्रै करिब डेढ करोडले गंगामा स्नान गरेका थिए ।शिवरात्रिको दिन भारतीय वायुसेनाले श्रद्धालुहरुमाथि पुष्पवृष्टि गर्दै एयर शो प्रदर्शन गरेको थियो ।
Facebook Comment