बालेन र हर्क साम्पाङ राष्ट्रपति बने पनि फरक नपर्ने प्रचण्डको बयान
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वतन्त्र रुपमा चुनाव जितेर आएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) प्रत्यक्ष राष्ट्रपति निर्वाचित हुँदा केही फरक नपर्ने बताएका छन् ।तराई–मधेस जागरण अभियानको क्रममा रहेका उनले बुधबार प्रेस सेन्टर मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । बालेन, हर्क साम्पाङ प्रत्यक्ष राष्ट्रपति निर्वाचित भए के होला भन्ने प्रश्नमा प्रचण्डले भने, “के फरक पर्छ ? हर्क आए पनि फरक पर्दैन । बालेन आए पनि फरक पर्दैन । के बिग्रन्छ र ? मैले त उनीहरूलाई लोकतन्त्रको फूल भनेको छु । त्यसबाट म दायाँबायाँ पनि छैन । उनीहरूलाई त म आफ्नै मान्छे ठान्छु ।”
Facebook Comment