नवलपुरमा विपन्नलाई बाख्रा उपहार
विपन्न वर्गका नागरिकका छोराछोरी आर्थिक अभावमा अध्ययन बीचमा नै छोड्नुपर्ने बाध्यता हटाउन अभिभावकलाई आयआर्जनको लागि बाख्रा प्रदान गरिएको छ । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ को बार्हकोल र बेलस्वाराका विपन्न २० परिवारलाई ४० वटा बाख्रा (पाठी) वितरण गरिएको हो ।
जागृति बाल तथा युवा सरोकार नेपाल, नेपाल हिल्फे बिटिकमोको साझेदारीमा बाख्रा वितरण गरिएको हो । बालबालिकाको शिक्षाको लागि उन्नत जातका बाख्रा पालनले अभिभावकको आर्थिक अवस्थामा सहयोग पुगेको जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दीपक शर्माले बताए ।देवचुलीको पहाडी क्षेत्रमा रहेका बालबालिकाको शैक्षिक क्रियाकलापलाई सहयोग पु¥याउन विगत ७ वर्षदेखि देवचुली–६ को कृतिपुर, ५ को बन्दीपुर र १६ बार्हकोल र बेलस्वारामा अभिभावकलाई आयआर्जन बढाउन शैक्षिक सामाग्री प्रदान गर्दै आएको छ ।हालसम्म सो क्षेत्रमा ८ चरणमा गरि १ सय ६० घर परिवारलाई उन्नत जातका ३ सय २० पाठी र ४ वटा उन्नत बोका प्रदान गरिएको छ ।
Facebook Comment