अन्जु थोकर तामाङले जितिन् मिस तामाङ २०२५ को ताज
मिस तामाङ २०२५ को उपाधि अन्जु थोकर तामाङले जितेकी छन्। उनी मम्स इन्टरनेशनल नेपालद्वारा आयोजना गरिएको मिस तामाङको १७ औँ संस्करण अर्थात मिस तामाङ २०२५ को विजेता भएकी हुन्। बुधवार नेपाल प्रज्ञा प्रतिष्ठान हल कमलादीमा सो कार्यक्रम सुसम्पन्न भएको थियो।
तामाङ कला, संस्कृति, भेषभूषा, र भाषाको संरक्षण गर्ने मूल उदेश्यका साथ आयोजना गरिएको १७ औं संस्करण मिस तामाङ–२०२५ को आयोजक संस्था मम्स ईन्टरनेशनलका अध्यक्ष नायीका रन्जिता लामा उक्त कार्यक्रमको अध्यक्षता गरेकी छन्। लामाले लामो समय देखि मिस तामाङ प्रतियोगिता आयोजना गर्दै आएकी छन्।
प्रतियोगिताको फस्ट रनर अप मोनालिासा थिङङ्ग , सेकेन्ड रनर अप प्रिया पाख्रीन तामाङ र थर्ड रनर अप सुस्मिता पाख्रीन तामाङ छन्। मिस तामाङ २०२५ प्रतियोगिताको निर्णायक मण्डलमा इक्यानका अध्यक्क्ष सेसराज भट्टराई , गायक तथा नेपाल आइडल सिजन ४ का निर्णय सुबानि मोक्तान, मोडल कुन्साङ बोम्जन, निर्देशक एवम मोडल राज किङ्ग वाईवा रहेका थिए।
Facebook Comment