महेन्द्र माेरङ क्याम्पसमा झडप : नेविसंघ जिल्ला सभापतिकाे टाेलीमाथि स्ववियू सभापतिकाे नेतृत्वमा हमला

कांग्रेसनिकट विद्यर्थी संगठनका दुई समुहबीच विराटनगरमा झडप भएको छ । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा दुई पक्षबीच झडप हुँदा दुईजना विद्यार्थी घाइते भएका छन् ।झडपमा परेर नेविसंघ सभापति सरोज पोखरेल र आयुष दाहाल घाइते भएका छन् । उनीहरुको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

नेविसंघ मोरङका सभापति सरोज पोखरेल र चुले भाइ भनिने आयुष दाहाल सहितको टोली क्याम्पस इकाइ गठन गर्न भन्दै बिहीबार बिहानै क्याम्पस पुगेका थिए ।क्याम्पसमा इकाइ कमिटी गठन गर्न लागेको भन्दै स्ववियु सभापति समेत रहेका जसवन्त पौडेलको समूहले बञ्चरो, तरवार र लाठीले प्रहार गरेको हो ।घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहारीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *