सिद्धान्तले त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियु अध्यक्षमा सिद्धान्त भट्टलाई उम्मेदवार बनाउने भएको छ ।अनेरास्ववियु केन्द्रीय अध्यक्ष समिक बडाल र प्रवक्ता तथा सचिव प्रकाश पौडेल लगायतका नेताको उपस्तिथिमा भट्टको उम्मेदवारी घोषणा गरिएको हो ।भट्ट गत पुसमा ३५ बुँदे माग राखेर उपकुलपति प्राडा केसरजंग बरालको कार्यकक्ष अगाडि ढोकामा २४ सै घण्टा धर्नामा बसेर चर्चामा आएका थिए ।भट्ट हाल विश्वविद्यालय क्याम्पसको स्ववियु सचिव हुन् । स्ववियुको चुनाव आगामी ५ चैतमा हुँदैछ ।
Facebook Comment