देउवालाई माधव नेपालको सुझाव- ओलीलाई खुबै विश्वास गर्नुहुन्छ, फेरि नर्क पुर्याइदेलान् है
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री केपी शर्मा ओलीसँग सचेत रहन आग्रह गरेका छन् ।जनता समाजवादी पार्टी (जसपा) नेपालले आयोजना गरेको भूमि अध्यादेशबारे आयोजित अन्तरक्रिया कार्यक्रमा संविधान संशोधनको नाममा अर्को गठबन्धन बनाएको टिप्पणी गरे ।
उनले भने, ‘संविधान संशोधन गर्ने नाममा एउटा अर्को गठबन्धन ल्याइयो । अब त संशोधन होला भनेको, ०८७ मा संशोधन गर्ने कुरा फेरि सुरु भयो । ०८७ सम्म यही प्रधानमन्त्री टिक्ने हो कि, बस्ने हो कि ? होसियार है, शेरबहादुरजी तपाईंले खुबै विश्वास गर्नुहुन्छ। फेरिसँगै स्वर्ग जाउँला भनेर मख्ख परेर बस्नुभएको होला । नर्क पुर्याइदेलान् है होस् गर्नुस् ।’उनले सरकारले भूमिसम्बन्धी अध्यादेशलाई फिर्ता लिनुपर्ने बताए । उनले अध्यादेशको समर्थन गर्छु भनेर अलमलमा नपर्न जसपालाई आग्रह गरे ।
Facebook Comment