कांग्रेस-एमाले सरकार जति लामो जान्छ माओवादीलाई त्यति फाइदा हुन्छ : प्रचण्ड

प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धनको सरकार जति रहन्छ आफ्नो पार्टीलाई त्यति फाइदा हुने बताएका छन् ।कैलालीको टिकापुरमा हुने थारु राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन उद्घाटन गर्न जाने क्रममा मंगलबार बिहान नेपालगञ्ज विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

पत्रकारले सरकार कति समयसम्म चल्छ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले भने, ‘अहिले सरकारको आयु नतोकौं । हामी भनिराखेका छौं– बसिराखोस् यो सरकार जति बस्छ त्यति माओवादीलाई फाइदा हुन्छ ।’तर, सरकारले ठीक काम भने नगरेको उनले बताए । सरकारले गरिरहेका कामहरू गलत रहेको र यो जनताले यो बुझिराखेको उनले बताए । सत्तारुढ दलभित्रै समेत असन्तुष्टि रहेको उनको भनाइ छ । ‘जनतामा आम रुपमा असन्तुष्टि छ । कांग्रेसभित्र, एमाले भित्र पनि उकुसमुकुसको स्थिति छ’, उनले भने । तथापि, आफूहरू सरकार बदल्नेतिर नलागेको बताए । प्रचण्ड भन्छन्, ‘हामीलाई जनतातिर नै ठीक छ ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *