माओवादीलक्ष्यित ओलीको टिप्पणी- पशुपतिमा सुन भनेर पित्तल चढायो भन्नेहरु क्षमा पनि मागेनन्
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्नो केही मान्छेहरुले विरोधका लागि विरोध गरिरहेको बताएका छन् । ट्रेड युुनियन आन्दोलनको ७८ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कसैकसैलाई विरोध गर्ने बानी नै परिसकेको टिप्पणी गरे ।उनले भने, ‘हामीले राष्ट्रिय एकतालाई प्राथामिकता दिनुपर्छ, कसैकसैलाई बानी परेको हुन्छ विरोध गर्नुपर्छ ।
जे भएपनि विरोध, जसो गरेपनि विरोध, हामी भरे बेलुका खाना खान्छौं मैले भनेपनि त्यसको पनि विरोध हुन्छ । के खान खाने, कहाँबाट ल्याएर खाने ? घरमा भएको पो खानु, निहुँ खोज्नलाई अनेक कुरा गर्छन् मान्छेले, झगडा गर्नलाई कुनै कारण चाहिँदैन । बेलुका हामीले खाना खान्छौं भनेपनि त्यसको पनि खण्डन गर्छ । त्यस्तो बानी परेको छ ।’उनले माओवादीका सांसदले पशुपतिमा सुनको जलहरि चढाउँछु भनेर पित्तल चढाएको भन्दै आफूलाई आरोप लगाएको स्मरण गरे ।उनले थपे, ‘यसअघिको सरकारको एउटा सांसदले सुन भनेर पित्तल चढायो भनेर कराए, तीनका मतियारहरुले ताली बजाए, तीनको नेताले समिति बनाएर जलहरि उक्काए, नापे, तौलिए तर लाज पनि मानेनन्, पशुपतिसँग क्षमा पनि मागेनन् । अहिले पनि भन्दैछन् जलहरि काण्ड। यस्ता मान्छे पनि छन् ।’
उनले कसैको विरोध गर्नेहरुसँग मतलब नभएको भन्दै आफू देश बनाउने काममा केन्द्रित रहेको बताए ।
Facebook Comment