पाल्पा डढेलो : चार सामुदायिक वनमा क्षति

जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने संसारकोट डाँडामा गत मंगलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।अधिक पातपतिंगर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

करिब १७० हेक्टरमा फैलिएका चारवटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *