बलात्कार अभियोगमा नेकपा एसका स्याङ्जा जिल्ला अध्यक्ष गिरी पक्राउ
नेकपा एकीकृत समाजवादीका स्याङ्जा जिल्ला अध्यक्ष विष्णु गिरी बलात्कार अभियोगमा पक्राउ परेका छन् ।नेकपा एसको गण्डकी प्रदेश उपाध्यक्ष समेत रहेक गिरीलाई कास्की जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
फागुन २ गते जबरजस्ती करणी मुद्दामा स्याङ्जा पुतलीबजार नगरपालिका–१४ का ५१ वर्षीय गिरीलाई कास्की जिल्ला अदालतले पक्राउको अनुमति दिएपछि घरबाटै उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ परेका गिरीलाई कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । प्रहरीले घटनाको प्रकृति भने खुलाएको छैन ।


Facebook Comment