धुम्बाराहीमा इभी बसमा आगलागी

धुम्बाराहीमा इभी (इलेक्ट्रिक भेइकल) बसमा आगलागी भएको छ ।

चक्रपथ परिक्रमा रुटमा चल्ने बसमा बुधबार आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए । प्रदेश–३–०५–००५ ख ९६९३ नम्बरको बसमा आगगाली भएको हो ।आगलागीको जानकारी पाउनसाथ प्रहरीले बसको आगो तत्कालै नियन्त्रणमा लिएको थियो ।

बसमा रातिमा चार्ज गर्ने क्रममा आगलागी भएको हो । त्यसैले कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *