संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै
संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे सुरु हुने गरी बोलाइएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी ओलीले ‘राष्ट्रिय मानव अधिकार आयोगको २४औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ ।
यस्तै, बैठकमा ऊर्जामन्त्री दीपक खड्काले ‘नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१’ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।यस्तै, राष्ट्रियसभाको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर हुनेछ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन र ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची छ ।
Facebook Comment