तारिख बुझ्न रास्वपा सभापति लामिछाने कास्की अदालत जाँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने तारिख बुझ्न आज आइतबार कास्की जिल्ला अदालतमा उपस्थित हुँदै छन् ।तारिख बुझ्न उनी काठमाडौंबाट बुद्ध एअरको जहाजमार्फत पोखरा जाँदै छन् । कास्की अदालतमा उनको यो दोस्रो तारिख हो ।पोखराबाट उनी सिधै रुपन्देही जानेछन् । रुपन्देहीमा पनि भोलि सोमबार तारिख रहेको छ । पोखराको स्वर्णलक्ष्मी सहकारी र बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा उनी धरौटीमा रिहा भएका थिए ।यसैगरी काठमाडौंको स्वर्णलक्ष्मी र चिवतनको सहारा चितवन सहकारीमा ठगी प्रकरणमा पनि उनी धरौटीमा रिहा भएका थिए । पर्साको सानो पाइला सहकारी ठगीमा भने उनीविरुद्ध मुद्दा दर्ता हुन बाँकी नै छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *