राजावादी गतिविधि हेरेर नबस्न जसपा नेपालको आग्रह

जनता समाजवादी पार्टी (जसपा) नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प प्रतिगमन हुन नसक्ने बताएको छ । बरु वर्तमान व्यवस्थाभित्रै रहेर जनताको अवस्था बदल्न सक्ने हिम्मत देखाउन र जनताको विश्वास जित्नतिर लाग्न उसको आग्रह छ ।आइतबार राष्ट्रिय सभामा पार्टीको तर्फबाट बोल्दै जसपा नेपालका सांसद मोहम्मद खालिदले प्रश्न गरे, ‘संघीय लोकतान्त्रिक गणतन्त्र चाहिँदैन भने के चाहिन्छ त ? प्रतिगमन चाहियो ?’ यस्तो चाहना पूरा हुन नसक्ने उनको आग्रह छ ।

साथै सरकारलाई संविधान विरोधी गतिविधि हेरेर नबस्न जसपा नेपालका सांसद खादिलको आग्रह छ ।‘सरकारले आफ्नो दायित्व पूरा गरोस्,’ उनले भने, ‘सरकारको केही विफलताको फलस्वरूप कसैले गणतन्त्रको सट्टा, लोकतन्त्रको सट्टा अरू कुरा निम्त्याउँछ भने सरकारले ध्यान पु¥याउनै पर्छ ।’सांसद खालिदले राजनीतिक दलहरूले राजावादीको गतिविधिबारे पार्टीको धारणा स्पष्ट गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।

संसद्‍मा नेकपा माओवादी केन्द्र, नेकपा एककृत समाजवादी लगायतका दलका सांसदले समेत राजावादीको गतिविधिबारे प्रश्न उठाएका छन् ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *