केशव सापकोटा स्ववियु निर्वाचनमा उमेदवार बन्ने

काठमाडौं, चैत ५ – सरस्वती बहुमुखी क्याम्पसमा यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि केशव सापकोटा उमेदवार बन्ने भएका छन्।

सापकोटा लामो समयदेखि विद्यार्थी हकहितका पक्षमा सक्रिय रहँदै आएका छन्। उनी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का अध्यक्ष समेत हुन्। क्याम्पसमा उनले विभिन्न विद्यार्थी आन्दोलन तथा कार्यक्रमहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।स्ववियु निर्वाचन नजिकिँदै गर्दा विभिन्न विद्यार्थी संगठनहरूले आ–आफ्ना उम्मेदवार तय गर्न थालेका छन्। यसैक्रममा, सापकोटाले पनि उम्मेदवारी घोषणा गरेका हुन्।

उनले क्याम्पसका विद्यार्थीहरूका लागि शिक्षाको गुणस्तर सुधार, पूर्वाधार विकास र नीतिगत सुधारका विषयलाई आफ्नो प्राथमिकता बनाउने बताएका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *