माहोल बनेपछि कमल थापा र राजेन्द्र लिङ्देन ढोक्सा थाप्न आए : दुर्गा प्रसाईं

विवादित व्यवसायी दुर्गा प्रसाईंले कसैले नसकेको काम आफूले गरेको दाबी गरेका छन् ।उनले आफ्नो निवासमा पत्रकार सम्मेलन गर्दै कसैले पनि अहिलेसम्म पूर्वराजालाई सडकमा ल्याउन नसकेको बताउँदै आफूले नै ल्याएको दाबी गरे ।“पूर्वराजालाई कसैले सडकमा ल्याउन सकेको थिएन, मैले ल्याएँ,” उनले भने, “तीन वर्षअघि यो अभियान चलाउँदा १२ भाइ मिडियाले खेदो पनि खने । गोरुगाडा चढेर अमेरिका जान लागेको भनेर आलोचना गरे ।”

उनले हात समातेर नारायणहिटी छिराउने तयारी गरिएको बताए ।“कमल थापा र राजेन्द्र लिङ्देनले २०७२ मा हस्ताक्षर नगरेको भए राजसंस्था जाँदैनथ्यो,” उनले भने, “अहिले माहोल बनेपछि धमीलो पानीमा माछा मार्न आए उनीहरु । अझ देखाउनका लागि नगरपालिकामा गएर पैसा तिर्ने ?”उनले माहोल बनेपछि आएका कमल थापा र राजेन्द्र लिङ्देनले आफूलाई सहकार्य गर्न बोलाएको भन्दै आक्रोश व्यक्त गरे ।“चैतदेखि राप्रपाले आन्दोलन गर्ने रे ! आउनुप¥यो रे मलाई । मलाई गोठालोजस्तो सम्झिएछन् । म राजासँगै आन्दोलन गर्छु ।

गोठालासँग सडकमा जान्न,” उनले भने, “राजालाई सचिवालयले बिगारेको छ । हामी बनाउछौँ । कलियुगको अर्जुन हो दुर्गा प्रसाईं तपाइँ रथ चलाउनू । गणतन्त्रको भोज खाएर माहोल बनेपछि आउने ढोक्सा थाप्न ?”




Leave a Reply

Your email address will not be published. Required fields are marked *