शंकरदेवमा स्ववियु कोष दुरूपयोग गरी विद्यार्थी भर्ना गरेको आरोप

काठमाडौंको शंकरदेव क्याम्पसमा स्ववियु कोष दुरूपयोग गरी विद्यार्थी भर्ना गरेको भन्दै अनेरास्ववियुले तालाबन्दी गरेपछि स्ववियु चुनाव अनिश्चित भएको छ।चैत ५ गतेका लागि स्ववियु चुनाव तोकिएको छ। तर तालाबन्दीका कारण चुनाव प्रक्रिया रोकिएको छ।

स्ववियु सभापति सुशान्त बस्नेतले कोष दुरूपयोग गरी चार सय जना भन्दा बढी विद्यार्थी भर्ना गरेको आरोप अनेरास्ववियुको छ। अनेरास्ववियुका क्याम्पस अध्यक्ष सन्तोष शेर्पाले विज्ञप्ति नै निकालेर यस्तो दाबी गरेका हुन्।स्ववियुले गरिब, पिछडिएका, अपाङ्ग तथा जेहनदार विधार्थीको नाममा रहेको कोषबाट विधार्थीको भर्ना गरेको नेकपा (एमाले) निकट अनेरास्ववियुको आरोप छ।यहाँ नेविसंघ र अनेरासस्ववियुबीच यस विषयलाई लिएर आरोप प्रत्यारोप छ। स्ववियु सभापति बस्नेतले अन्य संगठनले भनेजस्तो स्ववियु कोष दुरूपयोग नभएको दाबी गरेका छन्। उनले फर्जी भर्ना नगरिएको पनि बताएका छन्।यस विषयमा छानबिन गर्न उनले क्याम्पस प्रमुख र निर्वाचन अधिकृतलाई आग्रह गरिसकेको उल्लेख गरेका छन्।

स्ववियु निर्वाचन समिति शंकरदेवका संयोजक ध्रुव सुवेदीले क्याम्पसमा असामान्य परिस्थिति उत्पन्न भएको भन्दै अर्को सूचना जारी नहुन्जेल स्ववियु निर्वाचन प्रक्रिया रोकिएको उल्लेख गरेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *