प्रकाश ज्वालाको प्रस्ताव– सांसदको सुविधा घटाऔँ

नेकपा (एकीकृत समाजवादी)का सांसद प्रकाश ज्वालाले सांसदको सेवासुविधा घटाउन प्रस्ताव गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले पूर्वविशिष्टको सेवा बढाउने कानुन ल्याउने विषयमा आपत्ति जनाउँदै त्यस्तो प्रस्ताव गरेका हुन् ।“राज्यबाट सुविधा लिएकाहरूले पनि सुविधा घटाउने बेला हो । संकटको बेला हो । हामी तयार हुनुपर्छ,” उनले भने, “सांसदको सुविधा घटाउने हो भने म तयार छु । हामी सांसद कति तयार छौँ, तयार हौँ ।”

उनले सरकारले पूर्वविशिष्टलाई सेवा सुविधा थप्ने गरी विधेयक सदनमा नल्याउन पनि चेतावनी दिए ।“राज्यलाई भार थपिने गरी पूर्वविशिष्ट पदाधिकारीलाई थप सुविधा गर्ने कानुन ल्याउँदै छ,” उनले भने, “यसप्रति घोर आपत्ति व्यक्त गर्न चाहन्छु । सरकार तत्कालै पछि फर्कियोस् । यो विधेयक संसद्मा ल्याउने धृष्टता नगरोस् ।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *