पूर्वविशिष्टलाई होइन, मिर्गौला र क्यान्सर पीडितलाई सहयोग बढाऔँ : जनार्दन शर्मा

नेकपा (माओवादी केन्द्र)का उपमहासचिवसमेत रहेका सांसद जनार्दन शर्माले पूर्वविशिष्ट पदाधिकारीको सेवा बढाउनुभन्दा मिर्गौला र क्यान्सर पीडितलाई सहयोग गर्नेतिर अघि बढ्नुपर्ने बताएका छन् ।आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले गरिबी निवारणमा लगानी गर्ने कानुन बनाउन सुझाए ।

“पूर्वविशिष्टलाई, पदाधिकारीलाई थप आजीवन सुविधा दिने बढाउनुभन्दा गरिबी निवारणमा लगानी गर्ने कानुन बनाऊँ,” उनी भन्छन्, “मिर्गौला र क्यान्सरपीडितलाई सहयोग गर्नेतिर अघि बढौँ ।”उनले आन्दोलनरत शिक्षकका माग सम्बोधन गर्न र भएका सम्झौता कार्यान्वयन गर्न आग्रह गरे ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *