पद्मकन्यामा नेविसंघले दियो भुपी ऐरलाई आधिकारिकता
पद्मकन्या क्याम्पसमा स्ववियु सभापतिको आधिकारिक उम्मेदवार भुपी ऐर भएको नेविसंघले स्पष्ट पारेको छ ।निर्वाचन समितिले सोधेको प्रश्नको जवाफ दिँदै नेविसंघले ऐर सभापतिको आधिकारिक उम्मेदवार भएको जनाएको हो ।
पद्मकन्याको स्ववियु सभापतिका लागि नेविसंघका पूर्णिमाया परियार र भुपी ऐर दुई जनाले स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराएका थिए ।त्यसपछि निर्वाचन समितिले नेविसंघ केन्द्रीय कार्यालयलाई पत्र लेखेर आधिकारिक उम्मेदवारबारे सोधेको थियो । नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले निर्वाचन समितिलाई पत्र लेखेर भुपी ऐर आधिकारिक उम्मेदवार भएको जवाफ दिएका छन् ।परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् । परियारले नेविसंघबाट र ऐरले स्वतन्त्र समूह बनाएर उम्मेदवारी दर्ता गराएकी थिइन् ।
स्ववियु निर्वाचनका लागि पद्मकन्या क्याम्पसमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले चुनावी तालमेल गरेका छन् ।सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे र सचिवमा अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राईको उम्मेदवारी परेको छ ।अनेरास्ववियुले सभापतिसहित चार पद लिने सहमति भएको छ ।
Facebook Comment