स्टिल र आल्मुनियमको लगाइएको कर घट्दैन : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियमको लगाइएको कर नघट्ने बताएका छन्।गत जनवरीमा ट्रम्पले विभिन्न व्यापारिक साझेदारबाट आपुर्ति हुने स्टिल र आल्मुनियमलगायतका सामानमा कर लगाउने घोषणा गरेका थिए।उनको यो घोषणाले वित्तीय बजारमा त्रासको वातावरण सिर्जना भएको छ।

यो योजनाले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रलाई मन्दीतर्फ धकेल्न सक्ने आशङ्कालाई बढावा दिएको छ।स्टिल र आल्मुनियमको कर घटाउने मनसाय छ कि भनी सोधिएको प्रश्नमा राष्ट्रपति ट्रम्पले एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘होइन, मेरो त्यस्तो कुनै मनसाय छैन।’उनले भने, ‘अप्रिल २ हाम्रो देशका लागि मुक्तिको दिन हो। हाम्रो देशमा अर्बौं डलर आइसकेको छ र अप्रिल २ देखि ठूलो रकम आउँदैछ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *