‘यौन व्यवसाय खुला गरौं’ भन्ने घिमिरेलाई मा‌‌ओवादी सांसदको प्रश्न- ‘आफ्नो परिवारबाटै अघि सार्नलाई आँट गर्नुहुन्छ?’

माओवादी केन्द्रकी सांसद दुर्गा राईले नेपाली कांग्रेसका प्रमुख सचेतक समेत रहेका सांसद श्याम कुमार घिमिरेलाई आफ्नै घरबाट यौन व्यवसाय घरबाट सुरु गर्न सक्नुहुन्छ? भन्दै प्रश्न गरेकी छन्।

सोमबारको प्रतिनिधि सभा बैठकमा सांसद राईले कांग्रेस सांसद घिमिरेलाई यस्तो प्रश्न गरेकी हुन्।‘हिजो सत्तापक्षका माननीयले यौन व्यवसायलाई कानुन बनाई मान्यता दिएर पर्यटकलाई आकर्षण गरि अर्थोपार्जन गरौँ भन्ने कुरा दोस्रोपटक यस सम्मानीत सांसदमा उठाउनु आपत्तिजनक विषय हो,’ उनले प्रश्न गरिन्, ‘सम्बन्धित माननीयज्यूलाई प्रश्न गर्न चाहान्छु, त्यस्तो कार्य गर्न आफ्नो परिवारबाट अघि सार्नलाई आँट गर्नुहुन्छ?’आइतबारको संसद बैठकमा सांसद घिमिरेले नेपालमा कानुन नै बनाएर यौन व्यवसाय खुला गर्नुपर्ने र पर्यटकलाई आकर्षण गर्नुपर्ने माग राखेका थिए।

‘यौन व्यवसायलाई खुला गरौँ। यसबाट धेरै विदेशी पर्यटक आउँछन्। धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा छ,’ घिमिरेले संसदमा भनेका थिए, ‘धेरै देशले यौन व्यवसायलाई मान्यता दिइसकेका छन्।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *