इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ

इराक पु¥याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार बबरमहलबाट पक्राउ गरेको हो ।उनले इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन देखाएर दुबई हुँदै इराक पु¥याएर मानव बेचबिखन गरेको आरोप छ ।

इराकमा बन्धक बनाएको अवस्थामा ५ फ्रेबुअरी २०२५ मा उम्कन सफल भए व्यक्ति नेपाल फर्केका थिए । उनैले जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवर बताउँछन् ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *