असन्तुष्ट समूहले फाल्यो त्रिवि विद्यार्थी कल्याण परिषद् सदस्य सचिवको कुर्सी

त्रिवि, विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीको कुर्सी असन्तुष्ट पक्षका विद्यार्थीहरूले बाहिर ल्याएर फालेका छन् ।५ चैतमा हुनुपर्ने स्ववियु चुनाव ८ चैतमा सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले कुर्सी फालेका हुन् ।चुनावको मिति सरेपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले कुर्सी फालेको नेविसंघका विद्यार्थी अनोज कार्की बताउँछन् ।कार्की अध्यक्षको उम्मेदवारसमेत थिए । तर, नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि दीपक जोशीको समूहलाई आधिकारिकता दिएर कार्कीको उम्मेदवारी रद्द गरिएको थियो ।विश्वविद्यालय क्याम्पसको चुनाव ८ चैतका लागि सारिएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *