मेची क्याम्पसको सभापति पहिलो पटक महिला- नेविसंघकी निलमले रचिन् इतिहास
झापामा निर्वाचन भएका १३ वटा क्याम्पस मध्ये ९ वटा क्याम्पसमा नेविसंघले सभापति जितेको छ ।एमाले निकट अनेरास्ववियुले ३ वटा क्याम्पसमा विजय हासिल गर्दा एउटा क्याम्पसमा राप्रपा निकट विद्यार्थी संगठनले जित हासिल गरेको छ । निर्वाचन भएका एउटा पनि क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले जित निकाल्न सकेन ।
झापाको केन्द्रीय र ठुलो क्याम्पसको रूपमा रहेको मेची बहुमुखी क्याम्पसमा यस पटक महिलाको नेतृत्व पाएको छ । मेची क्याम्पसको सभापतिमा नेविसंघकी निलम कार्की सभापतिमा निर्वाचित भएकी छन् । उनी मेची क्याम्पसको पहिलो छात्रा स्ववियु सभापति बनेकी छन् ।यस्तै झापाको दमक बहमुखी क्याम्पसमा पनि नेविसंघ नै विजयी भएको छ । सो क्याम्पसमा भूपेन्द्र बस्नेत ९ भुवन ० सभापतिमा विजयी भए । यस्तै कनकाई क्याम्पस खुरुङ्गामा नेविसंघबाट सभापतिमा वासुदेव निरौला,कनकाई आदर्श क्याम्पस बिर्तामोडमा किरण गुरुङ, इन्द्रचन्द्र क्याम्पस बिर्तामोडमा सृजित ढुङ्गाना सभापतिमा निर्वाचित भएका छन् ।यस्तै शनिश्चरे क्याम्पस अर्जुनधारामा विशाल थापा काँकडभिट्टा क्याम्पस मेचीनगरमा सुरज राई, गौरीगञ्ज क्याम्पस गौरीगञ्जमा रोशन यादव विजयी भएका छन् । एमाले निकट अनेरास्वयुले भने तीन वटा क्याम्पसमा सभापति जितेको छ । अनेरास्वयवियुले त्रिदेव बहुमुखी क्याम्पसमा सभापति जितको छ ।
सो क्याम्पसमा ईश्वर रिजाल सभापतिमा विजयी भए ।यस्तै सितारमेश क्याम्पस वुद्धशान्तीमा अशोक भण्डारी गौरादहबहुमुखी क्याम्पसमा तुलसीराम पौडेल निर्वाचित भएका छन् । बिर्तामोडको गरामनी क्याम्पसमा भने राप्रपाले जितेको छ । सो क्याम्पसमा राप्रपा निकट विद्यार्थी संघठनका केशव खरेल सभापतिमा विजयी भए ।
Facebook Comment