आठ महिनामा यूएईमा २०९ नेपालीले गुमाए ज्यान

बितेको आठ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा ज्यान गुमाउने नेपालीको संख्या २०० नाघेको छ । यस अवधिमा २०९ जना नेपालीको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।यूएईस्थित नेपाली दूतावासका अनुसार, चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो आठ महिना (साउनदेखि फागुन मसान्तसम्म) मा उनीहरूको मृत्यु भएको हो ।दूतावासले सार्वजनिक गरेको विवरणअनुसार, ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४, पुसमा १३, माघमा २५ र फागुनमा १७ जना नेपालीको मृत्यु भएको हो ।

पछिल्लो आठ महिनामा यूएईमा प्रत्येक महिना औसतमा २६ जनाभन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ ।गत आर्थिक वर्ष २०८०÷८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष प्रत्येक महिना औसतमा १९ जनाभन्दा बढी नेपालीको मृत्यु यूएईमा भएको थियो । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयघात, मुटुसम्बन्धी रोगलगायत कारण नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *