आठ महिनामा सात हजार विद्युतीय गाडी आयात
चालु आर्थिक वर्ष ०८१÷०८२ को आठ महिनामा सात हजार विद्युतीय गाडी (ईभी) आयात गरिएको छ । भन्सार विभागको तथ्यांकअनुसार फागुन मसान्तसम्म ७ हजार ८९ वटा विद्युतीय गाडी नेपाल भित्र्याइएको हो ।यी गाडीको आयात मूल्य १६ अर्ब ६४ करोड ९६ लाख ९६ हजार रुपैयाँ छ । यसबाट सरकारले १० अर्ब २२ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।आयात गरिएकामा सबैभन्दा धेरै ५१ देखि एक सय किलोवाट क्षमताका तीन हजार ८७९ गाडी छन् । यस्तै, ५० किलोवाटसम्मका दुई हजार ५३१२ ईभी भित्र्याइएको छ ।यसअवधिमा ५० किलोवाटसम्म क्षमता भएका नौवटा एसेम्बल नगरिएका गाडी आयात गरिएको छ ।


Facebook Comment