भन्सारबाटै सेटिङमा राजश्व छलेको गाडी प्रहरीले समातेपछि

कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट सेटिङ मिलाएर छाडेको मालवाहक ट्रक प्रहरीले समातेपछि भन्सार कर्मचारी र प्रहरीको दुरी बढेको छ । भन्सारका कर्मचारीले छाडेर काठमाडौँ जाँदै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।भन्सार तिरिएको परिमाणभन्दा बढी फलफूल बोकेर छुटेको युपी ३२ एन ००६९ नम्बरको ट्रक हिजो दिउँसो कृष्णनगर प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा प्रहरीले जाँच गर्दा कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापन पत्रमा उल्लेखित परिमाणभन्दा ३ क्विन्टल बढी अंगुर भेटिएको थियो ।भन्सार विन्दुबाटै राजस्व छली भएको सूचना पाएपछि आफूहरूले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करिब ३ क्विन्टल बढी सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन् ।कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका अधिकृतस्तरका कर्मचारी र भन्सार एजेन्टकै मिलेमतोमा ट्रकमा रहेको भन्दा कम वस्तुको भन्सार गरेको कार्यालयकै एक कर्मचारीले बताए ।भन्सार कार्यालयले चैत ७ गते जारी गरेको उक्त प्रज्ञापन पत्रमा ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दरले भन्सार लिइएको छ । भन्सार एजेन्ट निरन्जन श्रीवास्तवले कृष्णनगरका भन्सार जाँच अधिकारी धातानन्द ज्ञवाली तथा भन्सार अधिकारी लेखनाथ भट्टराईलाई प्रभावित बनाएर ६२० कार्टुन अंगुर रहेको उक्त गाडीको ६ सय कार्टुनको मात्र भन्सार गराएको श्रोतको आरोप छ ।भारतको नासिकस्थित गणपति फ्रुट सप्लायर्सले काठमाडौँ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको उक्त अंगुरमा ३ क्विन्टल अधिक अंगुरको राजस्व छली गरिएको हो ।गणपति फ्रुट सप्लायर्सका एजेन्ट विमलले भन्सार एजेन्टमार्फत कृष्णनगरबाट निकासी हुने अधिकांश फलफूल तथा तरकारीहरूमा भन्सार कर्मचारी प्रयोग गरेरै राजस्व छली गराउने गरेको श्रोतको दाबी छ ।भन्सार जाँच पास गरिएको उक्त गाडीमा कालो र सेतो दुईथरी अंगुर रहे पनि भन्सार कर्मचारी ज्ञवालीले एउटै वस्तु (अंगुर) मात्रै भनेर भन्सार गर्न सिफारिस गरेका छन् । जबकि भारत र नेपाल दुवै देशमा कालो अंगुर सेतोभन्दा करिब दोब्बर महँगो पर्ने गर्दछ । यसमा पनि मिलेमतो रहेको भन्सार कर्मचारी श्रोतको दाबी छ ।

कृष्णनगर भन्सार कार्यालयमा रहेको तौल मेशिन सञ्चालन नगरी भारतीय बिलको भरमा कर्मचारीहरूले दिनहुँ यस्ता राजस्व छली गर्ने गरी भन्सार प्रज्ञापन पत्र जारी गरिरहेको बताइन्छ ।कृष्णनगर भन्सार विन्दुबाटै राजस्व छली भइरहेको यो पहिलो घटना भने होइन । १ महिनाअघि मात्रै यही भन्सारले जाँच पास गरी प्रज्ञापन पत्र दिएर पठाएका २ बक्सा सिद्रा माछा सशस्त्र प्रहरीले पक्राउ गरी राजस्व कार्यालय पठाएको थियो ।कृष्णनगर भन्सार अधिकृत तथा कर्मचारीहरूले भन्सार यार्डमै तयारी अवस्थामा रहेको धर्मकाँटा ९तौल मेशिन० २ वर्षदेखि बन्द गरेर सेटिङमा वास्तविक वस्तुको कम तौल तथा कम परिमाणको भन्सार गर्दै आएका छन् । यहाँबाट दैनिक १५० भन्दा बढी मालवाहक ट्रकमा वस्तुहरू आयात हुँदै आएको छ ।भन्सारका कर्मचारीले सदर गरेर पठाएको गाडी प्रहरीले पक्राउ गर्न थालेपछि यहाँका कर्मचारी र प्रहरीबीच आरोप प्रत्यारोप हुन थालेको छ




Leave a Reply

Your email address will not be published. Required fields are marked *