दल त्यागे सांसद पदसमेत जाने

निर्वाचन आयोगले सांसदहरूले दल त्यागेमा सांसद पद जाने कानुनको मस्यौदा तयार पारेको छ ।

आयोगले तयार गरेको ‘राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्ने विधेयक’को मस्यौदामा यस्तो प्रावधान राखिएको हो । आयोगले मस्यौदामाथि रायसमेत आह्वान गरेको छ ।पदकै लोभमा पार्टी फुटाउने क्रम बढेकाले त्यसलाई नियन्त्रण गरेर राजनीतिक दललाई बलियो बनाउन नयाँ प्रस्ताव गरिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।सांसदहरूले सङ्ख्या पु¥याएर दल विभाजन गर्न सक्ने तर त्यसो गरेमा उनीहरूको पद रिक्त हुने कानुनको मस्यौदा निर्वाचन आयोगले तयार पारेको छ । स्वतन्त्र निर्वाचित व्यक्ति कुनै दलमा प्रवेश गर्दा पनि पद रिक्त हुने प्रावधान विधेयकमा प्रस्ताव गरिएको आयुक्त थपलियाले बताए ।

मस्यौदामा केन्द्रीय समिति र संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने व्यवस्था छ । तर, यसरी नयाँ दल बनाए वा अर्को कुनै दलमा प्रवेश गरे दल त्याग गरेको मानिने प्रावधान प्रस्ताव गरिएको छ ।“जनतालाई एउटा चुनाव चिन्हमा भोट मागेर बीचमा दल परिवर्तन गर्ने क्रम बढेको छ । यो एक किसिम सार्वभौम जनतालाई दिइएको धोका हो,” थपलियाले नेपालभ्युजसँग भने, “एउटा चिन्ह (सिद्धान्त)मा भोट मागेपछि अर्को चिन्हमा जाँदा जनताले दिएको मतको अपमान हुने मनन गर्दै नयाँ प्रावधानको सुझाव आएको हो ।”

nirbachan aayog




Leave a Reply

Your email address will not be published. Required fields are marked *