कालीगण्डकी कोरिडोर : नौ किलोमिटर कालोपत्र
बेनी–जोमसोम–कोरला सडकअन्तर्गत नौ किलोमिटर (भुरुङ–तातोपानी–घाँसा खण्ड) कालोपत्र भएको छ ।आर्थिक वर्ष २०७३÷७४ मा सुरु भएको सडक स्तरोन्नति सम्पन्न हुने चरणमा पुगेको हो । अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले अन्नपूर्ण गाउँपालिका–२ तातोपानीस्थित नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोलासम्म पहिरो र कटानको जोखिम भएको बाहेकका ठाउँमा ढलानसँगै कालोपत्र भएको बताए ।विसं २०६४ मा खुलेको यो सडकलाई ११ मिटर फराकिलो बनाएर कुना र डिलतर्फ टेवा पर्खाल, पानीको निकासका निम्ति नाली निर्माण, ग्रेड तथा मोड सुधार गरिएको छ । –रासस
Facebook Comment