माइतीघरमा नारा : कता हिँडेको बिजुली मारेर, कुलमान फालेर !
कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदबाट हटाएको थियो । त्यसको विरोधमा मङ्गलबार बिहानदेखि विभिन्न स्थलमा प्रदर्शन भइरहेको छ ।‘नेपाली जनता’ नामक संस्थाले पनि माइतीघरमा प्रदर्शन गरेको छ । उनीहरुले कता ‘हिँडेको बिजुली मारेर, कुलमान फालेर’, ‘लोडसेडिङ चाहिँदैन, कुलमानलाई हटाउन पाइँदैन’लगायतका नारा लगाएका छन् ।
Facebook Comment