काभ्रेका जिसस प्रमुख पक्राउ

काभ्रेका जिल्ला समन्वय समिति (जिसस) प्रमुख दिपककुमार गौतम पक्राउ परेका छन्।बुधबार बिहान प्रहरी वृत्त बानेश्वरको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए।उनलाई बैंकिङ कसुरको मुद्दामा प्रहरीले पक्राउ गरेको हो।प्रहरीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ।उनी नेकपा एकीकृत समाजवादीबाट जिसस प्रमुखमा निर्वाचित भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *