कानुनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउनु सरकारको दायित्व : ऊर्जामन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानुनभित्र नबस्ने कर्मचारीलाई लगाम लगाउने सरकारको दायित्व भएको टिप्पणी गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले अहिले कानुनभन्दा माथि बसेर आफूलाई स्थापित गर्न कर्मचारीहरूबीच होडबाजी चलेको बताए ।‘साच्चै काम गरेर को स्थापित हुने भन्ने कुरामा प्रतिस्पर्धा गरौं मेरो आग्रह छ । यदि त्यसो भएन भने लगाम लगाउनुपर्ने, ठिक ठाउँमा राख्नुपर्ने सरकारको दायित्व हुन्छ,’ मन्त्री खड्काले भने, ‘काम सबै मिलेरै गर्ने हो तर अनुशासित, मर्यादित भई कानुनभित्र बसेर काम गर्ने हो । यसमा तपाईंहरूको पनि ध्यान जाओस् ।

मर्यादा र अनुशासनभित्र बसेर काम गर्न समेत उनले ध्यानाकर्षण गराएका छन् ।‘कानुनभन्दा माथि बसेर, संविधानभन्दा माथि बसेर काम गर्न खोज्नु हुँदैन । त्यो चाहीँ स्वच्छाचारी हुन्छ । यो व्याप्त छ अहिले । हामी सबैले आफूलाई भयंकर स्थापित गर्नुछ,’ उनले भने, ‘प्रचारबाजी गर्नुछ, मिडियाबाजी गर्नुछ । कर्मचारी साथीहरूलाई पनि हेर्छु म को चाहीँ बढी प्रचारबाजी गरेर स्थापित हुने भन्ने प्रतिस्पर्धा चलेको छ । यसले समाजलाई कहीँ पु¥याउँदैन ।’सरकारले सन् २०३५ भित्रमा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत् खपत १ हजार ५ सय युनिट प्रतिवर्ष पु¥याउने लक्ष्यसहित काम गरिरहेको उनको भनाइ थियो ।अबको दुई वर्षभित्रमा मुलुकका शतप्रतिशत घरधुरीमा विद्युत पहुँच पु¥याउने लक्ष्यका साथ सरकार अघि बढिरहेको उनको दाबी छ ।

‘सरकारले सन् २०३५ सम्ममा जडित क्षमता २८ हजार ५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपक वार्षिक एक हजार ५०० युनिट पु¥याउने लक्ष्यसहित स्वीकृत मार्गचित्रमा राष्ट्रि ग्रिड नपुगेको ठाउँमा अफग्रिड सौर्य, वायु तथा लघु जलविद्युतमार्फत् अगामी २ वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् पहुँच पु¥याउने लगायतका लक्ष्य रहेका छन्,’ मन्त्री खड्काले भने ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *