संघर्षले खारिएका रमेश, भन्छन्— उदाहरणीय बन्नुछ

कैलाली— रमेश चन्द सोडारी अहिले चलचित्र अनि म्युजिक भिडियो दुबैमा अभिनय गर्दै आफ्नो अभिनयको यात्रा अघि बढाइरहेका छन। उनले अहिले आफुले गरेको काममा तारिफसमेत पाइरहेका छन।

कलाकार बन्ने सपना कसरी जाग्यो भन्ने प्रश्नमा उनी भन्छन, ‘सानैमा जब म बुझ्ने भए त्यहीबेला देखि स्कुलमा हुने प्राय: कार्यक्रममा नाच्ने, नाटकमा भाग लिने र आफ्नो प्रस्तुति दिने गर्थेँ, पछिपछि साथीहरूबाट गाउँघरमा समेत थाहा भयो त्यसपछि मैले गाउँघरमा हुने बिबाह, ब्रतबन्ध र पार्टीहरुमा समेत आफ्नो कला प्रस्तुत गर्न थाले।‘

उनले भने, ‘पछिपछि त मलाई कलाकार नै बन्नुपर्छ भन्ने रहर जाग्न थाल्यो र बिस्तारै मैले मेहनत समेत गर्न थाले र आफुलाइ निखार्दै डान्स, फिटनेस, र अभिनय सिक्दै यात्रा अघि बढाए र अहिले यहाँ सम्म आइपुगेको छु।’

रहरै रहरले सुरु गरेको उनको यात्रा त्यति सहज भने रहेन, तरपनि देखिसकेको सपना पुरा गर्ने दृढ अठोटका साथ अघि बढेका रमेशले आफ्नो कलकारिता यात्रामा अनेक दुख, कष्ट र अभाव संग लडेर पनि उनि पछि हटेनन र आज कलाकार भनेर परिचित हुन पाएको उनी बताउँछन् ।

अहिलेसम्म आइपुग्दा मन त प्रदेशी, मेहन्दु, साङ्लो, मेरो देश, वानर सेना र अब प्रदर्शनको तयारीमा रहेको चलचित्र नरसिंहा अवतार लगायतका चलचित्रमा उनले अभिनय गरिसकेका छन। चलचित्र मात्र नभई उनी म्युजिक भिडियोमा समेत ब्यस्त छन।

उनले अभिनय गरेका म्युजिक भिडियोहरु कब्जा गर्यौ, कम्मर भाँचौली, दिलकी परी, टुक्रिएको यो मन, क्या होत कान्छी, तमिनै छौ यो मनमा, माझी दाइ, नमाग म सँग माया, पियारी, सपनीमा आउछौ तिमि, सिमसिमे पानी पर्यो लगायतका दर्जनौं म्युजिक भिडियोहरु बजारमा छन भने अन्य म्युजिक भिडियो रिलिजको तयारीमा छन।

रमेश चन्द सोडारीको अभिनय त छदैछ, उनी आफ्नो फिटनेसले पनि चर्चामा छन्, मिलेको जिउडाल, सुगठित शरीर र उनले गर्ने स्टन्ड लोभलाग्दो छ। उनले आफ्नो फिटनेस र शरीरको बनावट यस्तो बनाएका छन कि जसले पनि उनलाई आफु सफल हुनुमा सजिलो भएको छ।

फिटनेसको बारेमा प्रश्न गर्दा उनी भन्छन्, ‘हामी सबैले आफ्नो शरीरको ख्याल राख्नुपर्छ नै त्यसमाथि कलाकार नै भैसकेपछि हामी माथि सबैको नजर हुन्छ, त्यसैले पनि खानपिन र ब्यायाममा केयर गर्नुपर्छ र आफु लाई मेन्टेन गर्नुपर्छ।’

‘मैले खानामा एकदम केयर गर्छु, बाहिरको जङ्गफुडहरु खादैन, घरमा पनि स्वास्थ खाना खान्छु, धूम्रपान,मध्यपान केहि पनि गर्दैन त्यसैले मलाई सहज भएको हो,’ उनले भने ।

आगामी यात्राको बारेमा प्रश्न गर्दा उनी भन्छन्, ‘यो मैले आफैले रोजेको यात्रा हो, लामो यात्रा हिड्न छ, अझै मेहनत गर्दै मैले मेरा दर्शक लाई अझै राम्रो काम गरेर देखाउनु छ। म निरन्तर अभिनयमा रहिरहने छु सधै यस्तै माया र साथको अपेक्षा छ।’

आफ्नो कलाकारिताको यात्रामा आजसम्म साथ दिने सबैलाई धन्यवाद दिँदै उनले आगामी यात्रामा समेत साथको अपेक्षा गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *