राजनराज र मेलिनाको खोली तिरैमा

काठमाडौं । संगीतकार तथा गायक राजनराज शिवाकोटी र गायिका मेलिना राईको स्वर रहेको नयाँ गीत ‘खोली तिरैमा’ सार्वजनिक भएको छ। गीतमा क्यानडामा बस्दै आएका गीतकार विनोद सुवेदीको शब्द छ ।

गीतको भिडियोमा रमेश विश्वकर्मा र करिश्मा केसीले अभिनय गरेका छन् । यी दुवै कलाकारको यो पहिलो सहकार्य हो। रमेश यसअघि धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् भने करिश्माको लागि यो डेब्यू भिडियो हो।

दोलालघाटमा छायांकन गरिएको भिडियोमा राजुजंग बस्नेतको निर्देशन र सम्पादन छ । भिडियोमा आभेश बज्राचार्यको छायांकन, केबिका खत्रीको कोरियोग्राफी र कृष्णमान तामाङको कला निर्देशन छ ।

भिडियाे विनाेद सुवेदीकाे अफिसियल युट्युब च्यानल विनाेद सुवेदीबाट सार्वजनिक गरिएकाे छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *