युवा संघको सचिवमा भण्डारीको उम्मेदवारी

पोखरा— राष्ट्रिय युवा संघ नेपालको पोखरामा जारी दशौं महाधिवेशनमा कास्की निवासी मदन भण्डारीले सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पर्यटन क्षेत्रसँग जोडिएका र युवा माझ लोकप्रिय भण्डारी सचिव पदका लागि बलियो दाबेदार मानिएका छन् ।

व्यवसायिक रुपमा सफल युवा पर्यटन व्यवसायी समेत रहेका भण्डारीले युवाहरुलाई देशभित्रै रोजगारीका अवसरहरू सिर्जना गर्ने उद्देश्यका साथ आफ्नो उम्मेदवारी अघि सारेका हुन् । उनी भन्छन्, ‘देशका युवालाई पर्यटन क्षेत्रमा लगानी गर्न र काम गर्न प्रेरित गर्न सके, वैदेशिक रोजगारतर्फको निर्भरता घटाउन सकिन्छ । पर्यटन क्षेत्रमा रहेको सम्भावनालाई सदुपयोग गर्दै स्वदेशमै अवसर सिर्जना गर्नु मेरो प्राथमिकता हुनेछ ।’

May be an image of 2 people and text

भण्डारी विगतमा राष्ट्रिय युवा संघको विभिन्न तहमा जिम्मेवारी सम्हाल्दै आएका छन् । उनी नेकपा (एमाले) द्वारा गठित साइबर सर्कलको प्रमुखको रूपमा पनि काम गरिसकेका छन् । संगठनप्रति निष्ठावान, विषयगत जानकारीमा दख्खल राख्ने र नेतृत्व क्षमतामा निपूर्ण भण्डारीको छवि एक प्रतिबद्ध युवा नेताको रूपमा स्थापित छन् ।

भण्डारीको नेतृत्वमा भएका अघिल्ला कार्यक्रमहरू सफल र प्रभावशाली छन् । उनले युवालाई डिजिटल सशक्तीकरण, उद्यमशीलता र आत्मनिर्भरतातर्फ उन्मुख गराउने थुप्रै अभियान सञ्चालन गरेका थिए । हालसम्म पनि उनले पर्यटनको माध्यमबाट युवालाई स्वरोजगार बन्न प्रेरित गर्दै आएका छन् ।

सचिव पदमा निर्वाचित भए उनले राष्ट्रिय युवा संघलाई थप सशक्त, नीतिगत रुपमा प्रभावकारी, र युवामैत्री बनाउने योजना अघि सारेका छन् ।

प्यानलका उम्मेदवार

May be an image of 10 people and text that says 'सुशासन, समृद्धि, राष्ट्यता -नवीनता, शरजनशीलत, गतिशीलता १ राष्ट्रिय युवा नેपाल दशौं रष्ट्रिय महाधिवेशन ९-१९जैठ, २०८२। पोखरा, कस्ि महाराज महाराजगुरुन्र गुरुद्र उपाध्याक्ष पंदका उम्मेदवार विनय शाह उ्पाध्यक्ष पदका उम्मेदवार क्षितिज थेबे अध्यक्ष पदका उम्मेदवार महेश चौलागाई महासचित पदका उम्मेदवार उपेन्द्र उपेन्द्रशाही शाही उपमहासपिव अ्पमहासचिपकाउम्मेटवार पदका उम्मंदवार मोबिन अख्तर आलम संच्रित (ਗधੇस्षी उजेःवर निशा लिम्बू मরयिगा ోోతూ पिचिपर्र पदका उमगेदवर मदन भणडारी सख्वपटा उम्सेव्यार देबु बस्नेत सपिव हपिवच्दणमो.र उोरवार अत्याधिक बहुमतले विजयी गराओं I'

उनले संगठनको केन्द्रीय संरचना र स्थानीय तहसम्मको समन्वयलाई सुदृढ गर्दै देशभरि युवालाई राष्ट्रिय विकासको मूलधारमा ल्याउने प्रतिबद्धता जनाएका छन् । हाल पोखरामा जारी महाधिवेशनमा देशभरिबाट हजारौं प्रतिनिधिहरूको सहभागिता छ ।

महाधिवेशनले संगठनको नयाँ नेतृत्व चयन गर्नुका साथै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *