भारतको अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटना
मुम्बई(एजेन्सी)। भारतको गुजरातस्थित अहमदाबाद विमानस्थल नजिकै एयर इण्डियाको विमान दुर्घटनामा परेको छ । भारतीय सञ्चारमाध्यमकाका अनुसार बिहीबार दिउँसो अहमदाबादको मेघानीनगर क्षेत्रमा विमान दुर्घटनाग्रस्त भएको हो ।
अहमदाबाद विमानस्थलबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान उडानको केही समयमा नै दुर्घटनामा परेको हो । बोइङ ७८७(८ ड्रीमलाइनर विमानमा २४२ यात्रु सवार थिए ।
दुर्घटनापछि सातवटा दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका छन् ।


Facebook Comment