दश वर्षपछि सुदर्शन र प्रदीपको सहकार्य

काठमाडौं । निर्देशक सुदर्शन थापाले प्रदीप खड्कालाई लिएर फिल्म ‘शुभ विवाह’ निर्माण तथा निर्देशन गर्ने भएका छन्। निर्देशक थापाले चलचित्र विकास बोर्डमा फिल्मको नाम दर्ता गर्दै गर्दा कलाकारको नाममा प्रदीप खड्का राखिएको छ। दश वर्षअघि ‘प्रेमगीत’ मा सहकार्य गरेका निर्देशक थापा र अभिनेता खड्काबीच ‘शुभ विवाह’ मा दोस्रो पटक सहकार्य हुन लागेका हो।

निर्देशक थापाले यो फिल्मका लागि अभिनेता खड्कासँग गत वर्ष नै लिखित सम्झौता गरेका थिए तर दुवैतर्फबाट फिल्मको नाम भने सार्वजनिक गरिएको थिएन। निर्देशक थापाले दश वर्षअघि फिल्म ‘प्रेम गीत’ मा प्रदीपसँगको सहकार्य सफल भएको सम्झिएका छन्।

निर्देशक थापाले ‘शुभ विवाह’ प्रेम कथामा आधारित पारिवारिक फिल्म हुने बताए । ‘फिल्मले समाजको मुल्य मान्यतालाई आत्मसाथ गर्दै नेपाली धर्म, संस्कृति अनुसार विवाहको महत्वलाई दर्शाउने छ’, उनले भने । फिल्मका लागि अभिनेत्रीको भने अहिलेसम्म टुङ्गो लागेको छैन।




Leave a Reply

Your email address will not be published. Required fields are marked *