अभिमन्युः च्याप्टर १ को फरक प्रचार शैली
काठमाडौं । फिल्म‘अभिमन्युः च्याप्टर–१’ले फिल्मको प्रचार सुरु गरेको छ । फिल्म रिलिज मिति भदौमा भए पनि निर्माण पक्षले अहिलेदेखि नै प्रचारप्रसार सुरु गरेको हो ।
रहस्यमयी हिममानव यति फिल्म हलको बक्सअफिसमा पुगेर ‘अभिमन्यु’ कहिले लाग्छ ? भनेर सोधेको दृश्यसहितको एआई भिडियो मार्फत प्रचारप्रसार सुरु भएको हो ।
अर्को भिडियोमा यतिले आफूले ‘पूर्णबहादुरको सारङ्गी’ पनि हेरेको भन्दै ‘अभिमन्युः च्याप्टर–१’ पनि हेर्ने र यो फिल्म भदौ २७ मा लाग्छ भनेको देखिन्छ ।
फिल्म अहिले पोस्टप्रोडक्सनमा छ । मुख्य भूमिकामा सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल, कामेश्वर चौरासिया, सुष्मा निरौला छन् ।
पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने व्यक्तिको संघर्षको फिल्मको मुख्य कथा भएको बताइएको छ ।
सेभेन सिज सिनेमाको प्रस्तुति निर्माण भएको फिल्ममा सुशान्त गौतमको डेब्यु निर्देशन छ । मुकेश खनालको लेखन रहेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् । फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाई र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् ।
Facebook Comment