उपनिर्वाचन : मतदाता नामावली दर्ता गर्न आह्वान, मिति तोक्ने तयारी

काठमाडौं । निर्वाचन आयोगले विभिन्न तहमा रिक्त पदहरुमा उपनिर्वाचनको तयारी गरेको छ । त्यसैले मतदाता नामावलीमा नाम दर्ता गर्न छुट भएका व्यक्तिहरुलाई नामावली दर्ता गराउन निर्वाचन आयोगले अनुरोध गरेको छ ।

आयोगका सहायक प्रवक्ता दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावलीमा नाम दर्ता गराउन नपाइने भएकाले यथाशीघ्र छिटो नाम दर्ता गराउनुपर्ने बताए ।

गत शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीबीच रिक्त विभिन्न पदमा उपनिर्वाचनको मिति तोक्नेबारे छलफल भएको थियो ।

खासगरी प्रतिनिधिसभा रुपन्देही क्षेत्र नम्बर ३ र गण्डकी प्रदेशसभा मनाङ क्षेत्र नम्बर १ (ख) मा रिक्त सदस्यका लागि कात्तिक दोस्रो साता निर्वाचन गर्नेबारे परामर्श भएको थियो ।

रुपन्देही ३ मा राप्रपाका सांसद दिपक बोहराको निधन भएपछि पद रिक्त छ । त्यस्तै, मनाङ क्षेत्र नम्बर १ (२) का प्रदेशसभा सदस्य दिपक मनाङे जेल गएपछि पद रिक्त छ ।

त्यस्तै, स्थानीय तहमा एक दर्जन बढी वडाध्यक्ष पद रिक्त छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *