राजनीतिबाट रिटायर्ड हुन लागेँ, अब पार्टीलाई एक बनाएर जान्छु: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिको रिटायर्ड हुन लागेको बताएका छन्। कांग्रेसकी नेतृ प्रजातान्त्रिक आन्दोलनकी योद्धा गौरीदेवि प्रधानको श्रद्धाञ्जली सभामा सभापति देउवाले आफू रिटायर्ड हुँदै गर्दा पार्टीलाई एक बनाएर जाने प्रतिबद्धता जनाएका हुन् ।

उनले पार्टीमा एकले अर्कोलाई अन्तर्घात गर्ने रोगले बहुमत ल्याउन नसकेको बताए । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो । हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ ‘ देउवाले भने ‘ म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ । ‘

सभापति देउवाले समावेशी समानुपातिक संविधान राम्रो भएको बताए । संविधानको व्यवस्थाअनुसार कुनै पार्टी एक्लैले बहुमत ल्याउन गाह्रो हुने बताउँदै उनले अर्को पार्टीसँग गठबन्धन गर्नु बाध्यात्मक अवस्था भएको उल्लेख गरे । ‘समानुपातिक समावेशी र सबै जातीय प्रतिनिधित्व हुने संविधान राम्रो छ । तर एक्लैले बहुमत ल्याउन गारो छ’ उनले भने’ एक्लैले बहुमत न आउने भएपछि कुनै न कुनै पार्टीसँग मिल्नै पर्ने बाध्यता छ । हिजो माओवादीसँग मिल्यौ आज एमालेसँग । हामी मिल्ने हो भने एक्लै बहुमत ल्याउन सक्छौ ।

श्याम कृष्ण प्रधान र उनकी पत्नी गौरीदेवी प्रधान बीपी कोइरालाको विश्वासको पात्र थिए । बीपीले उनीहरूको घरमा बसेर रणनीति तयार गर्थे । बीपीसँग आफू थुप्रै पटक पुगेको स्मरण गर्दै देउवाले प्रधान परिवारको योगदानको चर्चा गरे ।२००६ सालदेखि कांग्रेसमा लागेर प्रजातान्तिक लडाइमा होमिएकी गौरीदेवीको गत शनिबार निधन भएको हो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *