‘सारेगमप लिटिल च्याम्प्स’का विजेतालाई विद्युतीय कार पुरस्कार

काठमाडौं । नेपाली बाल प्रतिभा रियालिटी शोको इतिहासमा पहिलो पटक विजेताले ब्रान्ड न्यू कार पुरस्कार स्वरूप पाउने भएका छन्।
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ का विजेताले पुरस्कारस्वरूप BAW Brumby नामक विद्युतीय कार प्राप्त गर्ने भएका हुन्।

LRR Motors Pvt. Ltd. र Formula Plus को सहकार्यमा उक्त पुरस्कार प्रदान गरिने भएको हो। सहकार्यको सम्झौता पत्रमा LRR Motors का निर्देशक जीवन कुमार शाही र Formula Plus का प्रबन्ध निर्देशक मनोज बोगटीले हस्ताक्षर गरेका छन्।

नेपालको रियालिटी शो इतिहासमै पहिलो पटक कुनै बालप्रतिभाले आफ्ना आमाबुबालाई नयाँ कार उपहार दिने मौका पाउने भएको आयोजकले जनाएको छ। आयोजकका अनुसार, उक्त क्षण बाल प्रतिभा र अभिभावकबीचको सम्बन्ध, समर्पण र मेहनतको प्रतीक हुनेछ।

LRR Motors का निर्देशक जीवन कुमार शाहीले भने, ‘सारेगमप लिटिल च्याम्प्स नेपालजस्तो भव्य र प्रतिष्ठित कार्यक्रममा सहकार्य गर्न पाउँदा हामी उत्साहित छौं। नेपाली संगीत क्षेत्रमा होनहार बालप्रतिभाको उजागर र प्रोत्साहनका लागि यो सहकार्य गरिएको हो।”

कार्यक्रमका प्रोजेक्ट हेड सुरक्षा अधिकारीका अनुसार यो सहकार्यले नेपाली दर्शकलाई अर्गानिक र भावनात्मक रुपमा जोड्ने प्रयास गरेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *