विष्णुको दिन रातमा सुधीर र सामिया
काठमाडौं । गायक विष्णु सुवेदीको स्वर, शब्द र संगीतमा रहेको गीत ‘दिन रात’को भिडियो सार्वजनिक भएको छ । गीतमा बिट्टुको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ छ ।
गीतको भिडियोमा सुधीर श्रेष्ठ र सामिया कार्की फिचर्ड छन् । गीतमा राेमान्ससँगै पीडा पनि देखाइएको छ । गीतमा रामजी लामिछानेको कोरियोग्राफी र निर्देशन छ ।
भिडियोमा मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन, राजेन्द्र मोक्तानको कलर, माधव राउतको प्रोडक्सन, मनिक पाख्रिनको कला, कुसुम क्रिएसनको कष्ट्युम डिजाइन छ ।
Facebook Comment