सभामुखले तीन दलका प्रमुख सचेतकसँग छलफल गर्दै
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकलाई छलफलका लागि बोलाएका छन् ।
शनिबारको प्रतिनिधि सभा बैठक अघि छलफल गर्न प्रमुख तीन दल नेपाली कांग्रेस, नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतकलाई छलफल गर्न नयाँ बानेश्वरमा बोलाएका हुन् ।
छलफल नयाँ बानेश्वरमा हुनेछ । यता रास्वपाको संसदीय दलको बैठक भएका कारण रास्वपाका प्रमुख सचेतकसँग भने तीन दलका सचेतकको बैठकपछि सभामुखले छलफल गर्ने तयारी गरेको सभामुखको सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभाको बैठक आज ११ बजेदेखि सुरु हुनेछ ।
Facebook Comment