अदृत र निर्भयलाई उपाधि

काठमाडौँ । मलेसियामा आयोजित अन्तराष्ट्रिय प्रतियोगीता ‘वर्ल्ड जुनियर टुरिजम एम्बेसडर २०२५’मा नेपालका दुई बालकले एक शिर्षसहित विभिन्न उपाधि जितेका छन् । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सहभागी अदृत कुँवरले ‘प्रिन्स जुनियर टुरिजम एम्बेसडर २०२५’को शिर्ष उपाधि जित्दा अर्का सहभागी निर्भय श्रेष्ठले फष्ट रनरअपको उपाधि हासिल गरे ।

प्रतियोगितामा शिर्ष उपाधि जितेको कुँवरले ‘बेष्ट क्याटवाक अवार्ड’ र ‘बेष्ट इन स्पीच अवार्ड’समेत हात पार्दा श्रेष्ठले ‘बेष्ट टुरिजम भिडियो अवार्ड’ जिते ।
क्वालालम्पुरमा जुन २३ देखि २७ सम्म आयोजना भएको कार्यक्रमका लागि श्रेष्ठ र कुँवरलाई रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले सहभागी गराएको हो ।

यो प्रतियोगितामा विश्वका विभिन्न देशका बालबालिका सहभागी हुन्छन् । प्रतियोगितामा कुँवरले नेपाली लाखे र श्रेष्ठले नेपाली मौलिक बाजा ‘मादल’को प्रचार गरेका थिए । दुवैले प्रतियोगिताका लागि नेपालका सम्पदा, कला–संस्कृति र एडभेन्चर पर्यटनको प्रवद्र्धन गर्ने भिडियो सामग्रीसमेत तयार पारेका थिए ।

प्रतियोगितामा बालबालिकासँगै अन्तर्राष्ट्रिय मोडल तथा फेसन कोच राज फैजु पनि सहभागी थिए । दुवै बालक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको ‘मिलेनियम किड्स इन्टरनेसनल २०२५’का विजेता हुन् । प्रतियोगितामा सहभागी कुँवर र श्रेष्ठको फेसन कन्सेप्ट डिजाइनर श्रीषा बैदारले तयार गरेकी हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *