असोज १५ लाई राष्ट्रिय चलचित्र दिवसका रूपमा मनाइने

काठमाडौँ । प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाइने भएको छ । नेपाल चलचित्र विकास बोर्डको २५औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त घोषणा गरे ।

असार १३ बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यस्तो घोषणा गरिएको उनले जानकारी दिए । ‘६० वर्षको गौरवमय इतिहास बोकेको अवसरमा हामीले चलचित्र आमाको प्रदर्शनको मितिलाई ध्यानमा राख्दै असोज १५ लाई राष्ट्रिय चलचित्र दिवसको घोषणा गरेका छौँ । यसले नेपाली चलचित्रको इतिहासलाई उत्सवको रूपमा मनाउने क्रमलाई निरन्तरता दिनेछ ।’ उनले भने ।

त्यस अवसरमा बोर्ड स्थापना भएको वर्ष विसं २०५७ सालदेखि हालसम्म प्रदर्शन भएका सर्वाधिक कमाइ गर्ने २५ फिल्मलाई सम्मान गरिएको थियो ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *