रामहरि भन्छन्–ममाथि शंका छ भने छानबिन गर्नु

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले कुलिङ पिरियड हेरफेरबारे आफूमाथि पनि शंका भएमा छानबिन गर्न माग गरेका छन् । मंगलबार सभामुख देवराज घिमिरेसँग भेट पछि उनले सञ्चारकर्मीमाझ कुलिङ पिरियड हेरफेरमा को संलग्न छ भनेर छानबिन हुनुपर्ने माग गरेका हुन् ।

उनले आफूहरुले कुलिङ पिरियडबारे निजामती कर्मचारी वा अन्य सरकारी कर्मचारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीको सेवाको अवकासको मितिले २ वर्ष पूरा अवधि नभइकने, कुनै संवैधानिक वा सरकारी नियुक्ति पाउने छैन भन्ने उल्लेख गरेको स्मरण गरे । ‘त्यसको मुनि एउटा दफा थपिएर सदनमा पछिबाट गएको हामीले फेला पार्‍यौं । यो कसको गल्तीबाट भएको छ, कसले गर्‍यो ? त्यसलाई कारबाहीको दायरामा ल्याउनुपर्छ,’ उनले भने।

उनले कानून बनाउने बेलामा यति ठूलो गल्ती कहिँ कतैबाट नहुने बताउँदै यसमा छानबिन गर्नुपर्छ भन्ने पक्षमा आफूहरु रहेको बताए । ‘म आफैमाथि पनि छ भने छानबिन गरियोस्। लामो छलफल गरेर हामीले सहमति भएको विषय कसरी परिवर्तन भयो, यसमा छानबिन हुनुपर्छ,’ उनले भने।




Leave a Reply

Your email address will not be published. Required fields are marked *